कलाकारहरुद्वारा थापाको अन्तिम बिदाई, छोरीले दिईन् दागवत्ती



प्रकाशित मिति : Jun 13, 2018

काठमाडौं । पशुपति आर्यघाटमा बरिष्ठ कलाकार भिमबहादुर थापाको दाहासंकार गरिएको छ । ९२ बर्षको उमेरमा उनको गएराती २ बजे आफ्नै निवासमा निधन भएको थियो । फिल्मकर्मी तथा कलाकर्मीहरुले बरिष्ठ कलाकार थापालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि कलाकार थापाको पार्थीब शरीर पशुपति आर्यघाटमै राखिएको थियो ।

वरिष्ठ कलाकार निर शाह, कलाकारहरु बसुन्धरा भुषाल, चैत्यदेवी, रविन्द्र खड्का तथा फिल्मकर्मी तथा चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी ले थापाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

थापाका १ छोरा र २ छोरी रहेका छन् । उनका छोरा अमेरिकामा रहेकाले थापालाई जेठी छोरीले दागवत्ती दिएकी थिइन् । कलाकार थापा वि.सं. १९८३ साल असार १३ गते खोटाङमा जन्मिएका थिए ।

उनी नेपाल आर्मीको मेजर सम्मको पदमा पुगेका थिए । उनले आफ्नो उमेर हकका कारण वि.सं २०३९ सालमा जागिरबाट अवकाश भएका थिए ।

थापाको निधनमा नेपाली सेनाले सलामी दिदै सम्मान प्रकट पनि गरेको थियो । थापाले अभिनय गरेको अन्तिम फिल्म ‘छक्का पन्जा २’ हो । थापाले ५० भन्दा बढी फिल्म्महरुमा काम गरेका थिए भने ५० भन्दा बढी विज्ञापनहरुमा काम गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com