टोयोटाको एक्सचेन्ज मेला सम्पन्न



प्रकाशित मिति : Jun 13, 2018

काठमाडौं । विश्व प्रख्यात मोटर कम्पनि टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले नेपालममा टोयोटा गाडी बिक्रि बितरण शुरु गरेको आधा शताब्दी पार गरिसकेको छ । यस लामो अवधिमा नेपाली ग्राहकको विश्वास जित्न सफल टोयोटा गाडीले समय, परिस्थिति र ग्राहकको चाहना एवं आवश्यकतालाई ध्यानमा राखी विभिन्न प्रकारका योजना तथा एक्सचेन्ज मेला आयोजना गर्दै आइरहेको छ, यसै योजना अन्तर्गत सो कम्पनिले यही जेठ २६ र २७ गते काठमाडौंको नक्साल बेङक्वेटमा “टोयोटा एक्सचेन्ज मेला” भव्यताको साथ सम्पन्न गरेको छ ।

२ दिन सम्म चलेकोे उक्त मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिद गर्न सुलभताको साथमा साट्ने व्यवस्था गरेको थियो ।.ग्राहकको पुरानो गाडीको सहि मुल्यांकन गरि आवश्यकता अनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो ।

सो एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसेसरिज आउट्लेट पनि राखिएको थियो । यसै गरि गाडीको निःशुल्क चेकअप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मुल्यांकन जस्ता आकर्षक अफरहरुको पनि व्यवस्था थियो । उक्त मेला पारिवारिक कार्यक्रम रहेकाले मनोरन्जनका लागि विशेस सांगीतिक ब्याण्ड को लाइभ प्रस्तुति, फूड स्टल र विभिन्न थरीका नृत्यहरु प्रदर्शन हुनुका साथ साथै बच्चाहरुको लागि बाउन्सि क्यासटल, फेस पेन्ट जस्ता विशेस आकर्षणहरुले सुसज्जित यस मेलाबाट हालको ग्राहक तथा सम्भावित ग्राहकहरु समेत आकर्षित भएको कुरामा कम्पनि विश्वस्त रहेको छ ।

आफ्ना ग्राहक प्रति सधै समर्पित रहदै आएको टोयोटा, समयानुकुल र आवश्यकता अनुरुप यस्ता प्रकारका ग्राहकमुखी मेलाहरु भविस्यमा पनि आयोजना गर्दै जाने कुरा कम्पनीका महा प्रबन्धकले बताएका छन् । यस मेलामा २०० जना भन्दा बढी ग्राहकको सहभागिता रहेको थियो भने १० गाडीे एक्सचेन्ज तथा बिक्रि भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com