अब रहेन्न दोस्रो विश्वयुद्ध समेत लडेका वरिष्ठ कलाकार भीमबहादुर थापा



प्रकाशित मिति : Jun 13, 2018

काठमाडौं । वरिष्ठ कलाकार भीम बहादुर थापाको निधन भएको छ । ९२ वर्षको उमेरमा बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो । उनको बुधबार नै दिउँसो पशुपति आर्यघाटमा थापाको अन्त्येष्टि गरीने बताइएकाे छ ।

वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । थापा ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं समेत लडेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com