२७ जेष्ठ २०७५, आईतवार

. प्रेम सुनार

गुल्मी । स्वास्थ्य सम्बन्धि चेतनाको अभावमा मुलुकका ग्रामीण क्षेत्रका महिलाहरु कतिसम्म पीडित छन भन्ने उदाहरण बनेकी छिन् गुल्मी छत्रकोटकी रिता नेपाली । परिवार नियोजन, गर्भ निरोधक औषधि र जन्मान्तरको फरकबारे जानकारी नपाउँदा उनी ३३ बर्षको उमेर भित्र १४ सन्तानकी आमा बनिन् ।

छत्रकोट गाउँपालिका वडा नम्वर ६ की रिता नेपाली १४ सन्तानकी आमा हुन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । अहिले ४० बर्षमा हिड्दै गरेकी उनका जेठा छोराको उमेर १८ वर्षको छ भने सवै भन्दा कान्छी सन्तानको उमेर ७ वर्ष भयो । १४ वर्षको उमेरमा हुँगाका पदम नेपालीसंग विवाह गरेकी नेपालीले १५ वर्षको उमेर देखि सन्तान जन्माउन थालेकी हुन् । १५ देखि ३३ वर्षको उमेर भित्रमा १४ सन्तान जन्माएकी उनी अहिले पनि निरोगी देखिन्छिन् ।

श्रीमान पदम नेपाली शारीरिकरुपमा अशक्त छन् । छोरा वा छोरीको चाहनामा उनले यति धेरै सन्तान जन्माएकी होइनन । उनले न परिवार नियोजनबारे जानकारी पाइन नत गर्भ निरोधक औषधिको बारेमा नै ।

धेरै सन्तान पाउँदा पर्ने असरको सम्बन्धमा चेतनाको कमी र जन्मान्तरको फरकबारे पनि केही जानकारी नपाउनु रिताको लागि कमजोरी बन्यो । उनका १४ सन्तान मध्ये ७ जनाको मृत्यु भइसकेको छ । ७ वर्षीया कान्छी छोरी कक्षा तीनमा अध्ययनरत छिन् । जेठा छोरा र जेठी छोरीबाट गत वर्ष एक ÷ एक सन्तान जन्मिएपछि हजुरआमा हुन पाएकोमा रिता थप दङ्ग छिन् ।

जन्मान्तर कम गराउन हालसम्म राज्य र दातृ निकायको करोडौं रकम नेपाली भूभागमा वगिसेको छ । तर सदरमुकाम नजिकैको गाउँमा रहेकी रिता भने यी सबै विषयहरुबाट वेखबर बनिन्, दुर्भाग्य ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV