२७ जेष्ठ २०७५, आईतवार
  • हरिशजङ्ग क्षेत्री

काठमाडौ । राष्ट्रिय खेलकुद परिषद खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनमा कागेश्वरी मनोहरा यु–१६ टि –२० सान क्रिकेट कप आईतबारबाट सुरु भएको छ ।

 

अधिल्लो बर्षबाट सुरु गरिएको प्रतियोगितालाई निरन्तरता प्रदान गर्दै दक्ष र स्तरिय राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्ने तथा सानले प्रत्येक बर्ष संचालन गरेको प्रशिक्षण कार्यक्रमबाट उत्पादित खेलाडीहरुको स्तर मापन गर्ने र उमेर समूहका खेलाडीहरुको प्रशिक्षणलाई प्रभावकारी बनाउने उद्धेश्यले आयोजना गरिएको हो । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले प्रतियोगीताको उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा विभिन्न एकेडेमी तथा स्कुलका गरि ११ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक सुदेश कुमार रिमालले जानकारी गराउनु भयो । कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन सुरु भएको प्रतियोगितामा सहभागी ११ टिमहरुलाई ४ समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा खेलाइने भएको छ । आइतबार देखि सुरु भएको प्रतियोगिता आषाढ ९ गते सम्म संचालन हुने छ ।

प्रतियोगिताको समूह क मा सान निलो, एन्जल्स स्कुल र के.सि.टि.सी. ‘ए’ रहेका छन् । यस्तै समूह ‘ख’ मा ओसिस, पाँच पोखरी र बालुवाटार क्रिकेट एकेडेमी, समूह ‘ग’ मा केसिटिसी ‘बी’, ग्रेट हिमालयन र सैनिक आवाशिय महाबिद्यालय तथा समूह ‘घ’ मा सान रातो र नेक्सस रहेका छन् । मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको सुरु भएको प्रतियोगिताका विजयी टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

यस्तै प्रतियोगिताको अन्तमा एक जनालाई म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र बलरको उपाधीका साथै ट्रफी प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन खेलमा केसिटिसी ए ले एन्जल्स हट स्कुललाई ७ रनको झिनो अन्तरले हराउँदै बिजय सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV