२७ जेष्ठ २०७५, आईतवार

काठमाडौं । काठमाडौंको शंखमुलस्थित यूएनपार्कमा अज्ञात समूहले राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आगजानी गरेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार बा १ झ ८८१८ नम्बरको गाडीमा आईतबार दिउसो अज्ञात समूहले आगजनी गरेका हो । आगो दमकलको सहायताबाट नियन्त्रणमा ल्यईएको छ । यसबारे थप अनुसन्धान भईरहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV