२७ जेष्ठ २०७५, आईतवार

फिलिपिन्स। फिलिपिन्समा आयोजित टविड माउण्टेन म्याराथनमा सहभागी नेपाली धावकहरुले राम्रो प्रदर्शन गरेका छन् ।

नेपालबाट सहभागी १२ जना धावहरु सबैले दौड पूरा गर्दा देबेन्द्रकुमार गोइत चौथो र मनिष जोशी रामले पाँचौ स्थान प्राप्त गरेका छन् । गोइतले २ घण्टा २५ मिनेट र जोशीले २ घण्टा २७ मिनेटमा दौड पूरा गरिदै क्रमश चौथो र पाँचौ स्थान प्राप्त गर्न सफल भएका हुन् ।

१२ किलोमिटरको दूरी भएपनि निकै उचाईमा दौडनु परेको सहभागी खेलाडीहरुले बताएका छन् । फिलिपिन्सको वोन्टोकमा आयोजित माउण्टेन म्याराथनमा विश्वका दुई सय बढी धावकहरुको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV