२७ जेष्ठ २०७५, आईतवार

काठमाडाैँ । जलविद्युत आयोजनामा लगानी जुटाउन सरकारबाट स्थापना भएको जलविद्युत लगानी तथा विकास कम्पनी (एचअार्इडीसीएल) ले फुकोट कर्णाली जलविद्युत परियोजनामा सवा एक अर्ब लगानी गरेकाे छ ।

कालिकाेट जिल्लामा बन्ने उक्त परियाेजनाकाे क्षमता ४२६ मेगावाट रहेकाे छ । साे परियाेजनामा एचअार्इडीसीएलले करिब एक अर्ब २६ करोड रुपैयाँ लगानी गरेको हाे ।

कर्णाली नदी

कर्णाली नदीमा अवस्थित फुकोट कर्णाली परियाेजनाबाट कालीकोटका साविकका मान्मा, रकु, दह, पाखा, बडालकोट, रामनाकोट, नानीकोट, फुकोट, स्यूना, सिप्खाना, मुम्रा र मेहालमुदी प्रभावित हुनेछन् ।

कम्पनीले जलविद्युत परियोजनामा शेयर लगानी शुरु गरेको बताउँदै एचआर्इडीसीएलका कार्यकारी अधिकृत छविराज पोखरेलले भने, “फुकाेट कर्णाली परियोजनामा हाललार्इ १० प्रतिशत शेयर मूल्य बराबरको रकम लगानी गरिएकाे छ ।”

एचआर्इडीसीएलले गत फागुनमा दुई हजार २१० मेगावाट क्षमताका विभिन्न पाँचवटा जलविद्युत आयोजनाको अध्ययन कार्य अगाडि बढाएको थियो । अर्धजलाशययुक्त आयोजनाको रुपमा फुकोट कर्णालीको अध्ययनलाई अगाडि बढाएको कम्पनीले लगानी समेत गरेकाे हाे ।

एचआर्इडीसीएल २०६८ असारमा स्थापना भएको हाे । हाल यसकाे चुक्ता पुँजी १० अर्ब रूपैयाँ रहेकाे छ । कम्पनीले सरकारलाई एक अर्ब ४० लाख आयकर समेत बुझाएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV