२७ जेष्ठ २०७५, आईतवार

काठमाडाैँ। जेष्ठ १८ बाट अलनेपाल रिलिजमा आएको चलचित्र ‘अमेरिका बोईज’मा समावेश आमा बोलको गीत गाएर अहिले गायक सुमित पाठक चर्चामा छन् । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीत अहिले सबैको मनमा बस्न सफल भएको छ ।

पहिलोपटक नेपाली फिल्ममा प्लेब्याक सिङ्गिङ गरेका गायक सुमित पाठकको प्लेब्याक गायनलाई सबैले आशालाग्दो रुपमा हेरेका छन् । चलचित्र अमेरिका बोइजमा रहेको उक्त गीतलाई जतिले सुनेका छन्, सबैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

गीतमा जयन जे वाइवाको शब्द तथा संगीतरहेको छ भने गीतलाई गोपाल रसाइलीले एरेन्जमेण्ट गरेका हुन् । गीतमा आमा प्रतिको माया र सदभाबलाई कारुणीक रुपमा दर्शाइएको छ । १० बर्षको हुँदा आमाको मायाँ गुमाएका सुमितले यो गीत गाउँदा आफु निकै भावुक बनेको बताउँछन् । नेपाली संगीतको क्षेत्रमा निरन्तर संघर्षरत उनी गायनलाई नै आफ्नो करियर बनाउने बताउँछन् ।

चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गरेका हुन भने प्रकाश भुजेल र इन्द्रप्रसाद खरेलको संयुक्त लगानीमा यो चलचित्र बनेको हो । चलचित्रमा सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, अर्पण थापा , आसीष प्रशाई , अभय बराल , श्रृष्टी कार्कीको पनि मुख्य भूमिका छ ।
गीतको लिरिकल भिडियो यस्तो छ-

प्रतिक्रिया दिनुहोस्

LIVE TV