२६ जेष्ठ २०७५, शनिबार

बुटवल ।  बुटवल हिलपार्क सहयोग समिति हङकङ द्धारा बुटवल हिलपार्क परिषद्लाई जनजाती संग्राहलय निर्माणको लागि नगद रु ४७ लाख चेक हस्तान्तरण गरेको छ । आज एक कार्यक्रमको बीच हिलपार्कमा सो चेक हस्तान्तरण गरिएको हो ।

बुटवल हिलपार्क सहयोग समिति हङकङका संयोजक हेमराज थापा, सहसंयोजक पुरन खड्का, कोषाध्यक्ष गणेशजंग राना लगायत समितिका सदस्यहरुले संयुक्त रुपमा प्रदेश नं. ५ का पर्यटन मन्त्री लिला गिरी, बुटवल हिलपार्क परिषद्का अध्यक्ष भिम तुलाचन लगायतलाई संयुक्त रुपमा हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै हङ्गकङ्ग समितिका अध्यक्ष हेमराज थापाले जनजातिहरुको संग्राहलयलाई देशैकै नमुना बनाउनको लागि आफूहरुले सानो सहयोग गरेको र सहयोग निरन्तर गरिराख्ने बताए ।

उनले जनजाती अगाडी आदीवासी समेत थप्नको लागि अनुरोध गर्दै सम्पूर्ण आदिवासी जनजातीहरुको संस्कृति यहाँ उल्लेख हुनुपर्ने बताए । त्यस्तै पर्यटनमन्त्री लिला गिरीले आगामी दिनमा हिलपार्कलाई पयर्टकको बृहत गन्तव्य बनाउन मन्त्रालयले सहयोग गर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै अर्का बक्ता प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले हिलपार्क सँगै यहाँका केही पर्यटकीय ठाउँलाई जोगाउँदै त्यसबाट बुटवलको पहिचान झल्काउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले हिलपार्कलाई समृद्धिसँग जोड्न आवश्यक रहेको भन्दै संस्कृतीलाई झल्काउँदै समृद्धिको लागि बृहत योजना बनाएको जानकारी दिए । हङ्गकङ्ग समाजले आगामी दिनमा समेत सहयोग निरन्तर गर्ने बताएको छ । आदिवासी जनजातीहरुको संग्राहलय २ करोडको लगानीमा हिलपार्कमा बन्दैछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV