‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ गीतका गायक तथा संगीतकार टंक इन्टरभ्यूमै रोए !



प्रकाशित मिति : Jun 09, 2018

काठमाडौँ । गायक तथा संगीतकार टंक बुढाथोकीले गाएको गीत चर्चामा रहेको छ । उनको गीतले बजारमा चर्चा पाइरहँदा एकदमै खुसी भएको बताउँछन् ।

आफूले निरन्तर काममा मेहनत गरिरहँदा आजको यो दिन पाएको बुढाथोकीले बताए । अशोक दर्जी र टंकले ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ गीत गएका हुन् । उक्त गीत गाएपछि उनीहरु चर्चामा आएका हुन् ।

अशोकलाई बुढाथोकीले पहिलोपटक सामाजिक संजाल फेसबुकमा भेटेको बताए । यो गीतका शब्दहरु बिराज नेपालका हुन् । उनले धेरै वर्ष अगाडि यो गीत टंकलाई दिएका रहेछन् ।

डिजे रुपकले अशोकलाई झापाबाट काठमाडौं ल्याएर गायक तथा संगीतकार टंकको जिम्मा लगाएका थिए ।

बाँकी अंश अन्तर्वार्तामा हेर्नुहोलाः

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com