२६ जेष्ठ २०७५, शनिबार

काठमाडौँ । काठमाडौँको चन्द्रगिरि छाटो समयमा नै पर्यटकीय गन्तव्य बन्न सफल भएको छ । चन्द्रागिरिबाट उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

हिमशृङ्खला अवलोकन, भालेश्वर महादेवको मन्दिर दर्शन, भ्यू टावरबाट दृश्यावलोकन, बालबालिका खेल्ने सुन्दर पार्कका साथै आवश्यक खानेकुराका लागि यहाँ रेस्टुराँ समेत बनेका छन् । काठमाडौँको थानकोटबाट चन्द्रागिरि हिल्स पुुग्न केवलकारबाट ११ मिनेट लाग्छ । चन्द्रागिरिबाट सुन्दर दृश्य देखिनुका साथै शान्त वातावरण छ ।

चन्द्रागिरिमा घोडा चढ्दै आन्तरिक पर्यटक
चन्द्रागिरिबाट देखिएको काठमाडौँ उपत्यका
 चन्द्रागिरिमा पुगेका पर्यटक
तस्बिर : नवीन पौडल, रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV