२६ जेष्ठ २०७५, शनिबार

तेह्रथुम । पछिल्लो समय पूर्वी पहाडी जिल्ला तेह्रथुम बिकासको हिसाबले तिव्र गति लिईरहेको एक प्रमुख जिल्ला हो ।  साबिक ३२ गाबिस रहेको यो जिल्ला मुलुक संघीय संरचनामा गए सँगै हाल यहाँ दुई नगरपालिका र चार गाउँपालिका रहेका छन् । शिक्षाको कुरा गर्दा २००३ सालमा खुलेका स्कुल साथै २०१७ सालबाटै सन्चालन भएको क्याम्पस हाल सम्म सन्चालनमा रहेका छन् ।

जुन हो ‘तेह्रथुम बहुमुखी क्याम्पस’ जो आठराई गाउँपालिका साविक चुहानडाडा गाविसमा पर्दछ, यहाँ हाल स्नातकोत्तर तहसम्म पढाई हुँदै आएको छ ।

त्यस्तै राजनीतिक दृष्टीकोणले हेर्दा तेहथुमको छुट्टै पहिचान र परीचय छ । हालका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला, वामपन्थी नेताहरु सिपी मैनाली, राधाकृष्ण मैनालीलगायत उच्च राजनीतिक तहमा पुगेका व्यक्तिहरु यही तेह्रथुमका सन्तान हुन् । तर केन्द्रमा पुगेका नेताहरुले यहाँको बिकासमा नजर पुर्र्याउन नसकेको जिल्लाबासी बताउँछन् ।

त्यसैगरी पुर्व राज्यमन्त्री तथा कांग्रेस नेतृ सीता गुरुङ, नेकपाका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाई र हालका प्रदेश सांसद तेजमान कन्दङवा लगायतका जन्मदाता पनि यही जिल्ला हो ।

यातायातको हिसाबले हेर्दा पहाडी राजमार्ग अर्थात पुष्पलाल सजमार्गले यो जिल्लालाई बीचैमा चिरेको छ । पुर्व र दक्षिण क्षेत्रमा पाँचथर, पश्चिममा संखुवासभा र उत्तरमा ताप्लेजुङ जिल्लासंग जोडीएको जिल्ला क्षेत्रफलको हिसाबलो सानो रहेको छ । तेह्रथुम पुर्वी तराईका सबै जिल्ला सँग सडक संजालले जोडीसकेको  र सो सडकलाई अझै स्तरोन्नति गरीन्दै छ ।

तेह्रथुमको फेदाप गाउँपालिका–ईसिबुस्थित भेटुवाल गाउँ छिचोल्दै निर्माणाधीन मध्यपहाडी लोकमार्ग ९ तस्बिरमा (हेर्नुहोस्) । तस्बिर: अमृत बास्तोला

तेह्रथुम र पाँचथर जेड्ने निर्माणाधीन मध्यपहाडी लोकमार्गको तमोरको मोटर पुल। तस्बिर: अमृत बास्तोला

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV