२६ जेष्ठ २०७५, शनिबार

एजेन्सी । अभिनेत्री अमिषा पटेलको आफ्नो फिल्मी करियरमा धेरै उतार चढावहरु भयो । अमिषाले सन् २००० मा फिल्म ‘कहो न प्यार है’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । उनको जन्म जुन ९, १९७६मा मुम्बईमा भएको थियो ।

फिल्म ‘कहो ना ’प्यार है’खेलेपछि अभिनेत्री अमिषाको कुरा गर्दा उनले केही सुपरहिट फिल्महरुमा काम गरेकी छन् । सन् २००१मा फिल्म ‘गदर एक प्रेम कथा’ २००२ मा फिल्म ‘हमराज’ जस्ता चर्चित फिल्महरुमा काम गरेर अमिषा चर्चित अभिनेत्री बन्न सफल भएकी थिईन् ।

फिल्म ‘हमराज’ पछि केही वर्षसम्म निरन्तर अमिषाको कुनै पनि फिल्म सफल भएन । त्यसै कारण पनि उनको करियर आरोलो लागेको थियो । त्यसपछि उनी २००७ सालमा फिल्म ‘भुल भुलैया’ र २०१३ मा ‘रेस २’ मा काम गरेकी थिईन् ।

२०१८ मा दुई वटा फिल्महरु रिलिजमा आउँदैछन् । २०१८ मा अमिषाको फिल्म ‘भैयाजी सुपरहिट’ र ‘देशी क्याजिक’मा अभिनय देख्न सकिनेछ ।
अभिनेत्री अमिषाको पारिवारिक जीवनीको कुरा गर्दा उनी ४२ वर्षकी भएकी छन् । अझै उनी अविवाहित छन् । फिल्मकर्मी विक्रम भट्टसँग उनको अफेयर चलेको थियो । तर पाँच वर्षको लामो सम्बन्धपछि उनिहरु छुट्टिएका थिए । त्यसपछि लण्डन बेस्ड व्यापारी कनव पुरीसँग पनि अमिषाको अफेयर चलेको थियो । तर विस्तारै उनीहरुको सम्बन्धमा पनि चिसिदै गएको थियो ।

अमिषाको करियरसँग आफ्नो परिवारीस जीवनसँग कुनै खास भएन । तर अमिषाको आफ्नो परिवारसँगको विवादले गर्दा चर्चामा पनि आएकी थिईन् । यतिसम्म भएको थियो कि, अमिषाकी आमा बुबासँग सम्पतिको बारेमा निकै बिवाद भएको थियो ।

अमिषाले मिडियासामु दिएकी एक अन्र्तावार्तामा यतिसम्म भनेकी थिईन्, ‘मेरो आमाले मलाई चप्पलले हिर्काएर घरबाट बाहिर निकालेकी थिईन् ।’ तर पछि आएर अमिषाको परिवारसँग सुमधुर सम्बन्ध बन्न सफल पनि भएको थियो । एजेन्सीकाे सहयाेगमा (सरद)

प्रतिक्रिया दिनुहोस्

LIVE TV