२६ जेष्ठ २०७५, शनिबार

काठमाडौं। गायक धिरज राईले नेपाली पप सम्राट ओम बिक्रम विष्टको जीवनमा आधारित डकुमेन्ट्री तयार गरेका छन् । पप साँगीतिक क्षेत्रमा बिष्टले भेगेका दुःख सुखलाई समेटिएको उक्त डकुमेन्ट्री गायक धिरज राईले तयार बनाएका हुन् ।

करिब पाँच वर्ष लगाएर तयार भएको डकुमेन्ट्रीको निर्देशन रार्इ स्वंयमले गरेका हुन् । उनले आफ्नै युटुब च्यानलमार्फत उक्त डकुमेण्ट्री रिलिज गरेका छन् ।

उक्त डकुमेन्ट्रीमा नारायण गोपालदेखि सुगम पोख्रेलसम्मको पप शैलीको विकास क्रममलाई समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV