२६ जेष्ठ २०७५, शनिबार

हामीले खाना खाने बित्तिकै पनि केहि खानेकुराहरू खाने गर्छाैँ । तर केहि यस्ता खानेकुराहरू हुन्छन् जुन खाना खाने बित्तिकै खाँदा स्वास्थ्यलाइ हानी गर्छ ।

१. चुराेट 

सकभर त चुराेट नखानु नै राम्राे यसले स्वास्थ्यमा कुनै फाइदा गर्दैन । खाना खाने बित्तिकै चुराेट खाँदै नखानुहाेस्। खाना खाने बित्तिकै चुराेट खाँदा १० वटा चुराेटले असर गर्ने बराबर एउटाले गर्छ । त्यसैले खाना खाएकाे १ घन्टा नहुँदै चुराेट नखानुहाेस् ।

२. नसुत्नुहाेस् 

खाना खाने बित्तिकै सुत्नाले एसिडिटीकाे समस्या हुन्छ । साथै पेट पनि लाग्छ त्यसैले कम्तीमा खाना खाएकाे अाधा घन्टापछि मात्र बेडमा पल्टिनुहाेस् ।

३. ननुहाउनुहाेस् 

खाना खाने बित्तिकै नुहाउनाले पनि डाइजेस्टमा समस्या हुन्छ । खाना खाने बित्तिकै मन ताताे पानीले नुहाउदाँ झन समस्या बढ्छ । त्यसैले खाएकाे ३० मिनेट जती पछिमात्र नुहाउनुहाेस् ।

४. चिया

खाना खाने बित्तिकै चिया नपिउनुहाेस् । यसले गर्दा अालस्य, रक्तअल्पता, थकान निम्त्याउँछ । त्यसैले खाना खाने बित्तिकै चिया नपिउनुहाेस् ।

५. फलफुल

खाना खानुभन्दा अगाडी फलफुल खानुहाेस् तर खाना खाने बित्तिकै फलफुल नखानुहाेस् ।

६. चिसाे पानी 

खाना खाने बित्तिकै चिसाे पानी नखानुहाेस् । यसले खानालाइ डाइजेस्ट हुन दिदैन् त्यसैले खाना खाने बित्तिकै मनताताे पानी खानुहाेस् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV