२६ जेष्ठ २०७५, शनिबार

सामग्री 

सेताे ब्रेड, ६ वटा जति उसिनेकाे अालु, २५ ग्राम जति हरियाे मटर, १०,१२ टुक्रा काटेकाे काजु

 

हरियाे खुर्सानी, पिसेकाे अदुवा/लसुन, तेल, बेसार, राताे धुलाे खुर्सानी, जीरा धुलाे, गरम मसाला, नुन, धनियाकाे पात (यी सबै अावश्यकता अनुसार)

विधि

उसिनेकाे अालुलार्इ मिच्नुहाेस् । अब अागाेमा प्यान बसालेर तेल हाल्नुहाेस्, तेल तातिसकेपछि हरियाे खुर्सानी,अदुवा,लसुन हाल्नुहाेस् । एकछिन चलाएर हरियाे मटर हाल्नुहाेस् । १ मिनेट जति फ्राइ गरेर त्यसमा बेसार, धुलाे खुर्सानी, काजु हालेर चलाउनुहाेस् । एकछिन पछाडि मिचेर राखेकाे अालु हाल्नुहाेस् र मजाले मिक्स हुनेगरी चलाउनुहाेस् । अब यसमा गरम मसाला, जीराकाे धुलाे,नुन स्वादअनुसार राख्नुहाेस् । सानाे अागाेमा फेरी चलाएर मिक्स गर्नुहाेस् र २,३ मिनेट पाक्नदिनुहाेस् र धनियाकाे पात राखेर मिक्स गर्नुहाेस्।

अब पाकिसकेकाे मसला चिसाे हुन दिनुहाेस् । एउटा भाडाेमा पानी पनि राख्नुहाेस् । ब्रेडकाे छेउछेउकाे ब्राउन पार्ट काट्नुहाेस् । अब ब्रेडलार्इ पानीमा चाेबेर निकाल्नुहाेस् र हातकाे प्रेसरले उक्त ब्रेडकाे पानी निकाल्नुहाेस् । यसाे गर्दा ब्रेड भाँचिनु चैँ हुँदैन् । अब ब्रेडमा चिसाे भइसकेकाे मसला राखेर राेल गर्नुहाेस् । ब्रेडलाइ पानीमा डुबाउनुकाे कारण चैँ सजिलै राेल गर्न मिल्ने हुन्छ ।

अब राेल गरेर राखेकाे सबै ब्रेडलार्इ ताताे तेलमा मध्यम अागाेमा फ्राइ गर्नुहाेस् । गाेल्डेन ब्राउन भइसकेपछि निकाल्नुहाेस् । यसरी तयार भयाे तपाइकाे ब्रेड राेल, अब यसलाइ टमाटर धनियाकाे अचारसंग स्वादअनुसार खान सक्नुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV