२६ जेष्ठ २०७५, शनिबार

बुटवल। प्रदेश ५ को सरकारले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारका तर्फबाट सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख उमाकान्त झाले १२ वटै जिल्लाको सन्तुलित बिकास गरी पाँच नम्बर प्रदेशलाइ नमुना बनाउने बताए।

‘समृद्ध प्रदेश खुसी जनता’को लक्ष्य पछ्याउदै उच्चदरको आर्थिक बृद्धि हासिल गर्ने र पाँच बर्ष भित्र प्रदेशका युवालाई रोजगारीको सुनिश्चित गर्ने कुरालाइ नीति तथा कार्यक्रमले जोड दिएको छ। शहकारी र निजी क्षेत्रको साझेदारीमा उद्यमशीलताको माध्यमबाट रोजगारी सृजना गर्ने भनिएको छ।

सरकारका कामलाई छरीतो र जनउत्तरदायी बनाउँदै सुशासन र पार्दर्शीता कायम गर्न ‘मालिक होइन सेवक हौं’ भन्ने मान्यतालाई मार्ग दर्शनको रुपमा ग्रहण गर्ने भनिएको छ। रहरले हाँसेर काम गर्ने वातावरण तयार गर्दै अनुगमन मुल्याङ्कनलाई प्रभावकारी बनाउने उल्लेख छ। पूर्वाधार संरचनाको गुणस्तरीय काम सम्पन्न गर्न प्रभावकारी नियम बनाइने छ । समय अगावै निर्माण सक्ने ठेकेदारलाइ पुरस्कृत र समयमा नसक्नेलाइ प्रदेशका कुनै पनि निर्माण तथा सरकारी काममा संलग्न नगराइने नीति लिइएको छ।

श्रमीकलाई पारीश्रमिकको ग्यारेन्टी गर्ने र परिचय पत्र दिइ बैकिङ्ग प्रणाली मार्फत भुक्तानी व्यवस्था गर्ने उल्लेख छ। मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम मार्फत सीमान्तकृत समुदायलाई विकासको मुल प्रवाहमा ल्याउने चालु बर्षको योजनालाई निरन्तरता दिइएको छ।

सडक,सिचाइ, खानेपानी,शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,जलश्रोत र उद्योगका माध्यमबाट आर्थिक सम्बृद्धि हासील गर्न आकर्षक नारा सहितका योजना अगाडी सारीएको छ।

नेपालगञ्ज–कोहलपुर,घोराही–तुलसीपुर, र बुटवल–भैरहवालाइ समेटेर महानगर बनाउने, भैरहवा–बुटवल,नेपालगञ्ज–कोहलपुर र घोराही–तुलसीपुरमा बिद्युतीय बस सेवाको सम्भाव्यता अध्ययन गरीने छ। याे खबर अाजकाे नागरिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV