२५ जेष्ठ २०७५, शुक्रबार

डडेल्धुरा । गर्मी बढेसँगै डडेल्धुराका स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढेको छ ।

रुघाखोकी, झाडापखाला, ज्वरो लगायतका दैनिक २ सय भन्दा बढी बिरामी पुग्ने गरेका छन् । बिरामी हुनेमा अधिकांश महिला, बालबालिका तथा बृद्धबृद्धा छन् । शुद्ध खानेपानीको अभाव सरसफाईमा ध्यान नदिँदा बिरामी बढेको अस्पतालको भनाई छ ।

जिल्ला अस्पतालमा मात्रै नभएर जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत बिरामीको संख्या बढ्दै गएका सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV