२५ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । प्रहरीले एमके भनिने मोहनकुमार अग्रवालको घरबाट दुर्इ किलो चाँदी, १० तोला सुन र ३० लाख नगद बरामद गरेको छ ।

३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानीकर्ता भनिएका एमके अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मार्दा सुन,चाँदीसहित नगद बरामद गरीएको प्रहरीले जनाएको छ । तर अग्रवाल भने फरार रहेका छन् ।

उनि भारतमा लुकेर बसेको हुन सक्ने प्रहरीको अनुमान छ । अनुसन्धान गर्ने तयारी हुँदै गर्दा उनी घरमा ताल्चा लगाएर फरार रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV