२५ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ । युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो ।

यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ । यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट बाहिर निस्किने प्रक्रियामा गडबडी भयो भने रगतमा पर्याप्त मात्रामा युरिक एसिड घुल्न पाउँदैन र विस्तारै गाउटको रुप लिन्छ। एउटा स्वस्थ मानिसमा युरिक एसिडको मात्रा ६ दशमलब ८ एमजी रडिएल हुनुपर्छ।

युरिक एसिड बढी देखिए पनि जोर्नीको दुखार्इ नहुन सक्छ। यस्ता व्यक्तिलाई गाउट नभएर ‘हाइपरयुरेसिमिया’ भएको हुन सक्छ । त्यसले जोर्नीमा असर गर्दैन। जसलाई युरिक एसिड भएकै कारण जोर्नी (खुट्टाको बुढी औँला र आसपास) मा दुख्छ, त्यो गाउट हो भनेर बुझ्नुपर्छ। युरिक एसिडबाट हुने बाथरोग नै गाउट हो । यो वंशाणुगत समस्या पनि हुन्छ ।

युरिक एसिड कसरी हुन्छ ?

युरिक एसिड पहिलो पटक खुट्टाको बुढी औँला र त्यसको आसपासको जोर्नीहरुबाट दुख्न सुरु हुन्छ । यसलाई ‘मेटाटार्सल जोइन्ट’ भनिन्छ । प्रायः राति सुतेको बेला जोर्नीहरु अत्याधिक दुख्ने गर्छ र बिहान उठ्दा सुन्निएको हुन्छ ।

सुरुसुरुमा खुट्टाको बुढी औँलामा मात्र हुने दुखाइ समयमा उपचार नहुँदा अन्य ठूला जोर्नीहरुमा पनि सर्न थाल्छ । युरिक एसिड भएको थाहा नपाएकाहरुलाई रातो मासुको अधिक प्रयोग र मध्यपान सेवन गर्दा एक्कासी बुढी औँलाको जोर्नी सुन्निने र दुख्ने समस्या आउँछ।

बच्ने उपाय :

  •  नियमित व्यायम गर्ने
  • पर्याप्त मात्रामा पानी पिउने। तर, मुटुका बिरामीले भने पानीको मात्रा चिकित्सकको सल्लाह अनुसार पिउनुपर्छ
  •  धूमपान र मध्यपानबाट टाढै बस्ने
  • प्युरिन तत्व बढी हुने रातो मासु, गेडागुडी, गालेको अचार, फुलगोभी, च्याउ, पालुङ्गोको सेवन कम गर्ने
  • गुलियो पदार्थ वा यस्ता अन्य पेय पदार्थको प्रयोग कम गर्ने
  •  शरीरको वजन घटाउने
  • नियमित औषधिको प्रयोग गर्ने
  •  समय(समयमा चिकित्सकको परामर्श लिने

लक्षण

  • खुट्टाको बुढी औँला र आसपासका जोर्नीहरु सुन्निनु
  • जोर्नी राति बढी दुख्नु
  • दुखाइ सहनै नसक्ने हुनु
  • लामो सयम युरिक एसिडको समस्या भएकालाई घुँडा, कुइनो लगायतका जोर्नीहरुमा पनि दुख्नु।
  • ज्वरो आउनु, आदि

प्रतिक्रिया दिनुहोस्

LIVE TV