२५ जेष्ठ २०७५, शुक्रबार
  • दीपक उपाध्याय,

कैलाली । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको अन्तरघातका कारण निर्वाचनमा हार व्यहोर्नु परेको दावी दोहो¥याउनु भएको छ । उहाँले पार्टीका कृयाशील सदस्यहरुले समेत अन्तर्घात गर्दा पार्टी तेस्रो हुन पुगेको बताउँदै अन्तर्घात गर्नेलाई कुनै पनि हालतमा माफ नगर्ने दृढता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसकोे १३ औं राष्ट्रिय महाधिवेशन पछिको प्रथम जिल्ला सम्मेलनको शुक्रबार कैलालीको धनगढीमा उद्घाट्न गर्दै सभापति देउवाले पार्टी भित्रको यो रोग कृष्णप्रसाद भट्टराईलाई हराउने पालादेखि शुरु भएको बताउँनु भयो । उहाँले आफुले पार्टीलाई पुरानै रुपमा फर्काएर मात्र विश्राम लिने अडान पनि दोहो¥याउनु भयो ।

वर्तमान सरकार भारतप्रति लम्पसारवादी रहेको बताउँदै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अकर्मण्यताको बन्दी बनाएको आरोप समेत लगाउनुभयो । उहाँले नेपालमा नाकाबन्दी हुँदा पुरै नेपालका लागि खाद्य सामग्री सप्लाई गर्ने कैलालीको एउटै मात्रै नाका गौरीफन्टा नाकालाई वर्तमान सरकारले बन्द गर्न खाजेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV