२५ जेष्ठ २०७५, शुक्रबार

रुपन्देही । प्रदेश नं ५ को सरकारले आव २०७५ \ ७६ को नीति तथा कार्यक्रममा कृषि, पर्यटन र उद्योगलाई उच्च प्राथमिकता दिएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश ५ को सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गर्दै प्रदेशअन्तर्गतका १२ वटै जिल्लाको सन्तुलित विकास गर्ने तथा प्रदेशलाई कृषि उत्पादन निर्यात गर्न सक्ने अवस्थामा पु¥याउन जलवायुअनूकुल नमूना कृषि कार्यक्रम सञ्चालन गर्ने, कृषि उत्पादनका लागि गुणस्तरीय सामग्री र कृषियन्त्र तथा औजार– उन्नत बीउबिजन– प्रविधिको विकास र विस्तारमा उच्च प्राथमिकता दिइएको बताउनुभयो ।

‘एक गाउँ एक उत्पादन’ र समूहमा आधारित कृषि व्यवसायलाई प्रोत्साहन गरिने, ‘एक पालिका एक शीत भण्डार’ निर्माण गर्दै जाने र कृषि तथा पशुपन्छी रोग, कीरा र महामारी नियन्त्रण गर्न आवश्यक पूर्वतयारीको प्रबन्ध गरिने नीति कार्यक्रममा उल्लेख छ ।

प्रदेशको भौगलिक परिवेश, हावापानी तथा खेतीयोग्य जमिनको उपलब्धतालाई ध्यानमा राख्दै आवश्यक प्राविधिक जनशक्ति, उन्नत बीउबीजन आदिमा किसानको पहुँच बढाउँदै लैजाने र कृषिजन्य उत्पादन एवं व्यापारलाई प्रतिष्पर्धी बनाई समग्र कृषि प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गरिने छ ।

युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्न तरकारी खेती, मौरीपालन, मत्स्यपालन, पुष्प व्यवसाय तथा च्याउखेती आदिमा मापदण्ड बनाई अनुदान दिने नीति अवलम्वन गरिने र कृषि बाली तथा पशु बीमा कार्यक्रमलाई प्रबद्र्धन गरिनेमा जोड दिँदै प्रदेशस्तरमा कृषिसम्बन्धी ज्ञान, सीप र सूचना प्रवद्र्धन गर्न प्रदेशस्तरीय कृषि सूचना अनुसन्धान केन्द्र स्थापना गरिने नीति कार्यक्रममा उल्लेख छ ।

कृषिलाई आर्थिक समृद्धिको आकर्षक संवाहकका रुपमा चलायमान बनाउन आर्थिक वर्ष २०७५÷०७६ देखि ‘प्रदेश स्मार्ट कृषि गाउँ कार्यक्रम’ सञ्चालन गरिने उल्लेख गर्दै सरकारले कफी, अदुवा, बेसारलगायत निर्यातजन्य कृषि उपजको गुणस्तरीय उत्पादनदेखि उपभोक्तासम्म पुग्दा मूल्य शृङ्खलामा आउने अवरोध कम गर्न कृषक समूह, सहकारी तथा उद्यमीलाई वित्तीय तथा प्राविधिक सहयोगमार्फत प्रोत्साहन गरिनेमा जोड दिएको छ ।

मोनोरेल सम्भाव्यता अध्ययन
बुटवलदेखि देवदह, रामग्राम, लुम्बिनी र कपिलवस्तुसम्म प्रदेश सरकारले पर्यटन बससेवा सञ्चालन लागि आवश्यक व्यवस्था र भैरहवा–बुटवल, नेपालगञ्ज– कोहलपुर र घोराही–तुलसीपुरमा विद्युतीय बस सेवाका लागि सम्भाव्यता अध्ययन गरिने नीति कार्यक्रममा समावेश छ ।

प्रदेशमा रहेका जैविक एवं सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यको प्रचारप्रसार गर्दै सहयोगी पूर्वाधारको निर्माण एवं पर्यटकमैत्री जनशक्ति विकास गरी आन्तरिक तथा बाह्य पर्यटनलाई रोजगारी तथा आयआर्जनको क्षेत्रका रुपमा विकास गरिनेमा जोड दिँदै नीति कार्यक्रममा पर्यटकीय गन्तव्यका लागि मोनोरेल, पदयात्रा, जैविक विविधता तथा विशेष सांस्कृतिक संग्रहालय, बगैँचा शहर, हिल स्टेशन, केवलकार आदिको विस्तृत अध्ययन गर्दै क्रमशः कार्यान्वयनमा लगिने उल्लेख छ ।

ऐतिहासिक, प्राचीन, तथा विभिन्न धार्मिक क्षेत्र र प्राकृतिक तथा मौलिक पहिचान भएका बस्ती जोड्ने गरी पर्यटकीय पदमार्गको अध्ययन गरी विकास गरिने जानकारी दिँदै सरकारले रुरु, स्वर्गद्वारी र धारापानी क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्न एकीकृत विकास आयोजना अघि बढाइने नीति कार्यक्रममा जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV