२५ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । कालिमाटीका फलफूल तथा तरकारी बजारका व्यवसायीलाई चार भागमा बर्गीकरण गरीएको छ । यहाँका किसानलाई चार भागमा बिभाजन गरी रातो, निलो, पहेलो र सेतो स्टिकरसमेत वितरण गरीएको छ ।किसान, व्यापारी र कृषि बजार निर्देशनालयको बोर्ड बैठकले व्यवसायीहरुलाई चार भागमा बर्गीकरण गर्दै चित्तबुझ्दो जवाफ नआए सम्झौता रद्द समेत गर्ने निर्णय गरेको छ ।

बजारमा नियमित नआउने, कारोवारमा संलग्न नहुने, विदेशमा बसेर अरुलाई नै व्यवसाय गर्न लगाउने वा भाडामा पसल दिने व्यवसायीलाई रातो स्टिकर वितरण गरीएको छ ।

त्यसैगरी बजारमा कहिलेकाँही उपस्थित हुने र आफन्तबाट बजार सञ्चालन गर्ने व्यवसायीलाई निलो र व्यवसायी आफै उपस्थित भएर पनि अरुसहित राखेर कारोवार गर्ने व्यवसायीले पहेँलो स्टिकर वितरण गरीएको हो । कालिमाटी फलफूल तथा तरकारी बजारमा ठूलो बेतिथि रहेको तथा विचौलियाहरुको बिगबिगी रहेको गुनासोपछि कृषिमन्त्री चक्रपाणि खनालले यस्तो प्रकृया अपनाउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV