२५ जेष्ठ २०७५, शुक्रबार

इलाम । अनारमनी वितरण केन्द्रको ट्रान्सफरमरमा समस्या आएपछि झापामा विद्युत आपुर्तीमा समस्या आएको छ । शुक्रवार राती २ बजेको अनारमनीको सवस्टेसनमा भएका दूईवटा मध्य एउटा ट्रान्सफरमरमा तेल चुइएर समस्या आए पछि निर्माणका क्रममा वाइरिङ्गमा समस्या देखिएकाले नेपाल विद्युत प्राधिरकणरले जनाएको छ ।

त्यस क्षेत्रमा १७ मेगावट विद्युत वितरण गर्न पर्नेमा ८.५ मात्र विद्युत वितरण भई रहेको नेपाल विद्युत प्रधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । नेपाल विद्युत प्रधिकरणले अहिले वैकल्पीक उपाय लागि छलफल गरिरहेकोले २÷३ भित्रमा अर्को वैकल्पीक ट्रान्सफरमर ल्याएर नियमित रुपमा विद्युत सुचारु गर्ने प्रयास भईरहेको अधिकारीले बताए ।

वितरण केन्द्रको ट्रान्सफरमर धेरै क्षमताको भएकाले पनि रिप्लेसमा समस्या भएको हो । गर्मिको मौसम भएकाले अहिले झापा वासीहरुलाई समस्या परेको छन । तत्कालका लागि समस्यामा परेका ३ वटा फिडरलाई आंशिक रुपमा विद्युत वितरण गरिरहेको पुर्वाञ्चल वितरण केन्द्र दुहवीका प्रमुख अफताम आलमले जानकारी दिए । उनले ट्रान्सफर मर्मतका लागी हेटौंडा लग्नुपर्ने भएकाले केही दिन समस्या हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV