२५ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं । निर्वाचन आयोगले आगामी असार ३० गतेसम्ममा आफ्नो महाधिवेशन गरिसक्न राष्ट्रिय जनता पार्टी (राजपा)लाई निर्देशन दिईसकेको थियो । तर, यता तत्कालै महाधिवेशन गर्न सक्ने अवस्था नभएको राजपाले जनाएको छ, भने ६ महिना म्याद थप्न निर्वाचन आयोगलाई आग्रहसमेत गरेको छ ।

राजपा अध्यक्ष मण्डलको शुक्रबार बसेको बैठकले आयोगसँग आफ्नो महाधिबेशनको लागि अझैँ ६ महिना समय माग्ने निर्णय गरेको मण्डलका सदस्य सरदसिंह भण्डारीले जानकारी गराएका छन् ।

मण्डलका सदस्य भण्डारीले भने, ‘आन्दोलनकै क्रममा पार्टी एकता भयो । त्यसपश्चात चुनाव आइहाल्यो । त्यसैले हामीले तयारी नै गर्न पाएका छैनौं ।’
अहिले राजपा महाधिवेशनको छलफलमा रहेको बताउँदै असार ३० गतेसम्ममा आफ्नो पार्टीको महाधिवेशन हुने सम्भावना नरहेको सदस्य भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV