२४ जेष्ठ २०७५, बिहीबार
  • हरिशजङ्ग क्षेत्री

काठमाडौ । राष्ट्रिय खेलकुद परिषदको आयोजनामा हामी पनि जित्न सक्छौंभन्ने मुल नाराका साथ पहिलो पटक पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

राखेपले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगिता सुरु भएको जनाएको छ । नजिकै आईरहेको एशियन खेलमा सहभागीका हुन छनोटका रूपमा समेत लिएको प्रतियोगितामा विभिन्न १८ पारा खेलकुद संघले सहभागीता जनाएका छन् ।
प्रतियोगितालाई युवा तथा खेलकुद मन्त्री जगत सुनार बिश्वकर्माले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री बिश्वकर्माले पहिलो पटक यो प्रतियोगिताले खेलकुद क्षेत्रमा समान सहभागीता भएको खुशी व्यक्त गर्नु भएको छ । साथै नयाँ आर्थिक बर्ष २०७५ र ७६ का लागी आएको नेपाली खेलकुद ईतिहासको सबैभन्दा ठुलो बजेटले बन्ने नयाँ खेलकुद संरचनाहरु पारा मैत्री बन्ने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषदका सदस्यसचीव केशव कुमार बिष्टका अनुसार नेपाली खेलकुद इतिहासमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता एक महिना सम्म संचालन हुने बताएका छन् । साथै अब प्रत्येक बर्ष धुमधामका साथ प्रतियोगिताले निरन्तर आयोजना हुनेछ बताए ।

बिहिवार नै प्रतियोगिता संचालन गर्न आवश्यक रकम युवा तथा खेलकुद मन्त्री बिश्वकर्मा र राखेपका सदस्यसचीव बिष्टले सम्बन्धि संघहरुलाई खेलकुद संचालन गर्न आवश्यक रकम र खेल सामाग्री हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV