२४ जेष्ठ २०७५, बिहीबार

काठमाडौं । काठमाडौंको बल्खुस्थीत बागमती किनारको सुकुमवासी बस्तीमा लामो समयदेखि बस्दै आएकी बाँकेकी गिता महाउत फागुन ५ गते अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समीतिले निर्माण सुरु गरेको पर्खालका कारण जमेको पानिमा डुबेर निधन भयो ।

श्रीमान ओमप्रकास महाउत र ३ वर्षिया छोरीसहित बागमती किनारमा जोडिएको यो टहरामा बस्दै आएकी उनि पानी फाल्न खोज्दा लडिन् र खाडलमा जमेको पानिमा डुबिन् । दिन रात २ ओटा स्क्याभेटर प्रयोग गरेर मात्रै उनको शब निस्कियो ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत बिकास समीतिले बागमतीका दुवै छेउमा पर्खाल लगाएको छ । पर्खालको अर्को भागमा २० मिटर गहिरो खाडल बेवारीसे छोड्दा यो घटना भएको हो । तत्कालै प्रहरीले उनको शब पोष्टमार्टम गर्न नपर्ने भन्दै दाहसंस्कार गर्न लगाइयो ।

प्रहरी तथा वडा कार्यालयबाट आयोजनाले निर्माण गरेको खाडलमा डुबेर उनको निधन भएको भन्दै सिफारीस दिए । रमन कन्सट्रक्शनले निर्माण गरिरहेका आयोजना दुर्घटनापछि माटो त हाल्यो तर मृतकको राहतको बिषयमा केही गरेन ।
निधन भएको २ महिनासम्म पनि बागमती सभ्यता एकिकृत बिकास समीतिले क्रिया खर्च बाहेक अरु दिन नसक्ने भन्दै बेवास्ता गरेको छ ।

यस अघि सोही स्थानमा श्रीर्जन महाउत समेत त्येही खाडलमा डुबेका थिए तर उनको तत्काल उद्धार भएका कारण बाँचेको थिए ।
पर्खालका लागि बनाइएको खाल्डो पुर्न स्थानीयहरुले पटक पटक वडा कार्यालय हुँदै पनि बागमती सभ्यता एकिकृत विकास समीतिलाई समेत निवेदन दिए । यो खाडलले दुर्घटना निम्त्याउन सक्ने भन्दै स्थानियहरुले सरोकार बाला सबै कार्यालयहरु धाए तर कसैले सुनेन ।

यही कारण २० बर्षीया गिता महाउतले ज्यान गुमाइन् । यो आयोजन २ बर्षदेखि नै अलपत्र अवस्था थियो । अहिले यो सुकुमवासी बस्तीका स्थानीयहरु एक जुट भएर गिता महाउतको परिवारको न्यायको लागि हिँडिरहेका छन् तर उनिहरुको कुरा कसले सुन्ने ?

प्रतिक्रिया दिनुहोस्

LIVE TV