बैरेनी हेल्थ पोष्टको लापरवाहीले २२ विद्यार्थी सिकिस्त, १३ लाई थप उपचारको लागि काठमाडौं ल्याईयो



प्रकाशित मिति : Jun 07, 2018

धादिङ । धादिङको गल्छी गाउँपालिका ६ स्थीत बैरेनी हेल्थ पोस्टको चरम लापरवाहीले गर्दा २२ जना बिद्यार्थी सिकिस्त बिरामी भएका छन् ।

बैरेनीको बागेस्वरी उच्च माध्यमिक बिद्यालयमा बिहीबार बिहान करिब साढे दश बजे पहिलो बिषय पठाईभैरहदा नजिकै रहेको हेल्थ पोस्टमा औषधि जलाएको गन्धसहितको धुँवा कक्षा कोठा भित्रै छिरेपछि बिद्यार्थीहरुलाइ छाती दुख्ने र सास फेर्न गाह्रो भएको थियो ।

सकुशल स्कुल पठाएका आफ्ना बालबालिका यसरी हेल्थ पोस्ट को लापरवाहीका कारण सिकिस्त भएपछि अविभावक आक्रोस् छन् । हेल्थ पोष्टमा औषधि जलाएको गन्धले बिद्यालयका २२ जना बिद्यार्थीहरु सिकिस्त भएको स्कुलका प्रधानध्यापक राजन अधिकारी बताउनुहुन्छ ।

केही बिद्यार्थीलाइ जिल्ला मै उपचार गरेपनि सिकिस्त १३ जनालाइ थप उपचारको लागि काठमाडौंको कान्ति अस्पताल ल्याएको छ ।
अरुबेला रातको समयमा यसरी हेल्थपोस्टमा म्याद नाघेका औषधि जलाइन्थ्यो तर बिहीबार स्कुलमा बिद्यार्थी पढ़रहेको समयमा हेल्थ पोष्टको औषधिजन्य फोहोर जलाइएको थियो ।

विज्ञहरुका अनुसार स्वास्थ्य सस्थाहरु बाट निसक्ने फोहोर र औषधि जलाएको गन्ध सहितको धुवा मानब स्वास्थ्यको लागी अत्यन्त खतरनाक हुन्छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com