२४ जेष्ठ २०७५, बिहीबार

काठमाडौं । चन्द्रागिरी नगरपालिका– ९ मच्छेगाउँमा रहेको मच्छेनारायण मन्दिरमा लागिरहेको मत्सयनारायण मेलाकै अवसर पारेर पुरुषोतम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञको शुक्रवार समापन गरिने भएको छ । 

मेलामा उत्साहजनक रुपले भक्तजनहरुको उपस्थिती रहेको भन्दै अन्तिम दिन उपस्थित हुनका लागि ज्योतिष पण्डित डा.रुद्रनाथ अधिकारीले जानकारी दिनुभयो । पछिल्लो समय निक्कै उत्साहजनक रुपले भक्तजनहरुको सहभागीता बढेको भन्दै अन्तिम दिन शुक्रवार उपस्थित हुन अधिकारीले सबैलाई अपिल गर्नु भएको छ । महायज्ञको समापन कार्यक्रममा उच्च पदस्त सरकारी अधिकारीहरु, सुरक्षा निकायका उच्च पदस्त अधिकृत लगायत समाजसेवीहरुको सहभागीता हुनेछ ।

महायज्ञको प्रमुख वाचक पन्डित ठाकुर प्रसाद सुवेदी भारद्धाज र उपवाचक पन्डित आलोक निरौला भारद्धाज रहनु भएको छ । प्रमुख वाचक सुवेदीले पुरुषोतम मास मा गरिने पुजा स्नान ,दान ,पुराण श्रवणको शास्त्रमा ठुलो महत्व उल्लेख भएको बताउँदै भक्तजनलाई अन्तिम दिन भए पनि सहभागी हुन आग्रह गर्नुभयो । ज्योतिष पन्डित डा. रुद्रनाथ अधिकारीको तत्वावधानमा आयोजित महायज्ञमा मच्छेयनारायण क्षेत्रको महत्व उजागर गर्दे पुरुषोतम महिनाको महत्व जनजनमा पु¥याउन महायज्ञ सफल भएको जानकारी दिनुभयो ।

वैदिक सनातन धर्मका अनुसार भगवानको दश अवतार मान्यता रहेको छ । दश अवतार मध्ये मत्स्य अवतारलाई पहिलो अवतारको रुपमा लिएको छ । पृथ्वीको शुरुवात सगै भगवान नारायण ले सोही स्थानमा रहेको कुण्डमा मत्सयको रुपपछि दिव्यस्वरुपको दर्शन दिनु भएको मत्सयपुराण लगायतका धार्मिक शास्त्रमा उल्लेख छ । २ वर्ष ८ महिना २४ दिनको अन्तरालमा मलमास (पुरुषोतममास) शुरु भएदेखि १ महिनासम्म सो मत्सयनारायण मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV