२४ जेष्ठ २०७५, बिहीबार

एजेन्सी  । बलिउड  नायक रणवीर कपूरले अभिनय गरेकाे फिल्म ‘संजू ‘ काे नयाँ पोस्टर आज बिहीवार रिलीज गरिएको छ । उक्त पोस्टरमा दिया मिर्जालालाई संजय दत्तको श्रीमती मान्यता दत्तको भुमिकामा देखाइएकाे छ ।

फिल्मकाे निर्देशक राजकुमार हिरानीले आफ्नो पोस्टर ट्विटरबाट ट्वीट गरेर शियर गरेको स्रोतले जनाएको छ । संजय दत्तको रुपमा रणवीरलाई देख्दा दर्शकहरु छक्क परेका छन् ।

रणवीर कपूरले संजय दत्तको युवा अवस्था देखि उनको पुणे येरवडा जेलमा कैदी सम्मको काहानीलाई उतारेका छ । मान्छेको हरेक प्रकारको जीवन यस फिल्मको सार रहेको छ ।

फिल्ममा अनुष्का शर्मा, दीया मिर्जा,सोनम कपूर , परेश रावल , मनीषा कोइराला, बमन ईरानी र विक्की कौशल रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV