२४ जेष्ठ २०७५, बिहीबार

दुनै, डोल्पा। जिल्लाका ६ ठेकेदारलाई सातदिने अल्टिमेटम दिइएको छ । जिल्लामा हाल निर्माण भइरहेका भौतिक संरचनाहरूका ठेकेदारलाई सम्बन्धित कार्यालयले एक साताको अल्टिमेटम दिइएको हो । डोल्पामा भवन डिभिजन कार्यालय जुम्लामार्फत सातवटा भवन, तीनवटा खोनपानी तथा सरसफाइ सब डिभिजन कार्यालय डोल्पामा खानेपानी आयोजना, शिक्षा विकास तथा समन्वय एकाइको एक भवन, सिँचाइ सब डिभिजन कार्यालयको सिँचाइ, जिल्ला समन्वय समितिमार्फत मोटोरेबल पुल गरी १४ वटा योजना हालसम्म पनि निर्माण हुन सकेका छैनन् ।

कुल १४ वटा योजनाका ६ वटा ठेकेदारमध्ये एकै व्यक्ति वा निमार्ण सेवाका पाँचवटासम्म योजना रहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । उनका अनुसार निर्माणका लागि योजना सम्झौता गरेको वर्षांै भए पनि हालसम्म काम सम्पन्न नभएपछि एक साताको अल्टिमेटम दिइएको हो । सो समयभित्र पनि काम थालनी नभए सिधै आवश्यक कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । याे खबर अाजकाे राजधानी दैनिकले लेखेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV