२४ जेष्ठ २०७५, बिहीबार

एजेन्सी :

विश्वकप २०१८ काे अभ्यास खेलमा इजिप्टमाथि बेल्जियमले शानदार जित निकालेकाे छ । बुधबार राति ब्रसेल्समा भएको अभ्यास खेलमा बेल्जियमसँग इजिप्ट ३-० को अन्तरले पराजित भयाे । इजिप्टका जब्बर खेलाडी चाेटग्रस्त अवस्थामै रहेकाले उनीबिनाकाे इजिप्टकाे टिम गाेलरहित रह्याे ।

बेल्जियमका लागि रामेलु लुकाकु, इडन हजार्ड र मारोउएन फेलाइनीले एक-एक गोल गरे । २७ औँ मिनेटमा लुकाकुले एक गाेल गर्दै सुरुवाति अग्रता दिलाए भने ३८ औँ मिनेटमा हजार्डले तथा इन्जुरी समयको दोस्रो मिनेटमा फेलाइनीले एकएक गोल गर्दै ३ गाेलकाे शानदार जित निकाले ।

रूसमा हुने विश्वकपका लागि बेल्जियम समूह ‘जी’ मा छ भने इजिप्ट समूह ‘ए’ मा छ रहेकाे छ ।  जी समूहका अन्य टिम इंग्ल्याण्ड, पानामा र ट्युनिसिया तथा ए समूहमा रुस, साउदी अरेबिया र उरुग्वे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV