२३ जेष्ठ २०७५, बुधबार

काठमाडौं । फोटो पत्रकारिताका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय जगतमा पहिचान गराउने उद्देश्यका साथ ग्लोबल आइएमइ बैंक नेपाल फोटो प्रतीयोगिता तथा प्रर्दशनी आयोजना गरिने भएको छ ।

फोटो पत्रकार क्लब, ग्लोबल आइएमइ बैकंको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्डको सहयोगमा हुन लागेको प्रतियोगितामा संस्कृति र पर्यटन,प्रकृति र बन्यजन्तु ,आइएम्एस् दैनिक जीवन,अर्घाखाँची सिमेन्ट समाचार,खेलकुद,फोटो कथा गरी सात विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ग्लोबल आइएमइ बैँक फोटो अफ् द इयरले १ लाख रुपैंया पुरस्कार प्राप्त गर्ने छ भने प्रत्येक विधामा प्रथम द्घितीय र तृतीय हनेले क्रमश ३०,२० र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । कार्यक्रममा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द«प्रसाद ढकालले स्थीर सरकार बनेपछि मुलुलमा लगानीमैत्री वातावरण बनेको बताउनुभयो ।

प्रतीयोगितामा उत्कृष्ट छानिएका करिब १६० फोटोहरुलाई साउन १५ गतेदेखि २१ गते सम्म काठमाडौंको बबरमहलस्थित आर्ट काउन्लमा राखिने छन् । त्यस्तै नेपाल टुर अन्र्तगत नेपालका प्रमुख शहरहरुमा प्रर्दशन गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV