२३ जेष्ठ २०७५, बुधबार
  • जनकबहादुर शाही,

हुम्ला । हुम्लाको सिमिकोटको बाटो भएर मानसरोबर जाने भारतीय पर्यटक निकै बढेका छन् ।

जेठ २० गतेसम्म ३ हजार ४ सय ९ पर्यटक सिमिकोटबाट हिल्सा हुँदै मानसरोवर कैलाशतर्फ गएका हुन् । यस बर्ष बैशाख अन्तिम साताबाट पर्यटक मानसरोवर जान थालेका थिए । सिमकोट गाउँपालिकाका अनुसार ३ हजार ३ सय २९ भारतीय र ८० जना तेस्रो मुलुकका पर्यटक हिल्सा नाका हुँदै मानसरोवर गएका हुन् ।

गत बर्ष यही अवधिमा १ हजार ६ सय ७७ पर्यटक मानसरोवर गएका थिए । पर्यटक बढेसँगै सिमकोट बिमानस्थलमा दैनिक तीसभन्दा बढी उडान भइरहेको छ । पर्यटक बढेसँगै होटल व्यवसायीलाई भ्याई–नभ्याई छ । मानसरोवर जान दैनिक एकसय बीसभन्दा बढी पर्यटक सिमिकोट विमानस्थलमा उत्रने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV