२३ जेष्ठ २०७५, बुधबार

काठमाडौं। राष्ट्रिय जनता पार्टी, नेपालले कैलाली क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न सरकारलाई पुनः दवाव दिएको छ । उनी टीकापुर हत्याकाण्डका अभियोगमा जेल चलान भएका थिए ।

आज बुधबार बसेको अध्यक्ष मण्डल बैठकले चौंधरीलाई रिहाई गर्न दवाव सुरु गरेको हो । सांसद चौंधरीको रिहा गरि सपथको व्यवस्था गर्न पनि सरकारलाई पुनः दवाव दिनु परेको पार्टीका नेता राजकिशोर यादवले बताए ।

टीकापुर घटनाको आरोपमा आफ्ना कार्यकर्तामाथि लगाइएको झूटा मुद्दा तत्काल फिर्ता गर्न पनि राष्ट्रिय जनता पार्टी नेपालले सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV