२३ जेष्ठ २०७५, बुधबार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा । ओखलढुंगामा भुकम्पपछिको पुननिर्माणले गति लिएको छ । कामले गति लिएसंगै गाउँघरमा डकर्मी तथा सिकर्मीहरु पाउनै मुस्किल छ । कामको चाप बढेकाले कामदारहरु पाउन छाडेका हुन् । अहिले गाँउघरमा पश्चिम नेपालदेखिका कामदाहरु प्रशस्त भेटिने गरेका छन् । टाढाका कामदरहरु आएसंगै उनिहरुलले लिने ज्याला समेत महंगिएको छ ।

गत वर्षसम्म ढुंगामाटोको काम गर्ने कामदारले प्रतिदिनको सात सय रुपौयाँ लिने गरेको भएपनि अहिले आएर कामदारलाई १ हजार २ सय तिर्दा समेत पाउनै मुस्किल परेको लिखु गाउँपालिका वडा नं. ६ गाम्नाङ्टारका निलकमल भट्टराईले बताए ।

‘गाउँमा प्रसस्त कामदार नपाइने, दक्ष कामदारको भाउ त दोब्बर बढेको छ’ उनले भने– ‘कामदार लगाउनै नसक्ने अवस्था आयो ।’ गाउँघरमा युवाहरु पाउनै छाडेकाले टाढाका कमदारलाई प्रतिदिनको १ हजार रुपौया तिरेर काम लगाईरहेको चिसंखुगढी गाउँपालिका वडा नं. ३ दियालेका पुष्पलाल ढुंगानाले बताए ।

भूकम्पको पुनः निर्माणका लागि तालिम प्राप्त कामदार प्रसस्त नभएपछि उनीहरुले माग अनुसारको ज्याला नदिए घर निर्माण गर्नै नसकिने अवस्था रहेको चिसंखुगढी २ का बलबहादुर परियारले बताए । ‘निम्न आय भएका गरिबहरुले कामदार लगाउनै नसक्ने अवस्था आयो’ उनले भने । जिल्ला दररेट समितिले तय गरेको ज्याला दक्ष कामदारको ७ सय मात्रै रहेको छ । तर कामदारले भने भूकम्पपछिको पुनः निर्माणमा राम्रो आम्दानी हुने भएकाले टाढा बाट यहाँ आएको कैलालीबाट मिस्त्री काममा आएका गोपाल जोशीले बताए ।

कामदारको ज्याला दोब्बरले बृद्धी भएपछि निमुखा जनतालाई समस्या भएको सुनकोसी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्द तामाङले बताए । अनुदानको किस्ता लिनकै लागी भएपनि मिस्त्रीले मागे अनुसारको दाम दिएर घर निमार्ण गराईरहेको उनको भनाई छ । ओखलढुंगामा पुनः निर्माणको तालिम लिएका दक्ष कामदारको संख्या ७ सय हाराहारी मात्रै छ । जिल्लामा भूकम्पले क्षती पुगेका १७ हजार घर निर्माण भइरहेका छन् । कामदारको ज्याला निर्धारण गर्न स्थानीय सरकारसँग स्थानीयले माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV