२३ जेष्ठ २०७५, बुधबार

काठमाडौँ । गायिका इन्दिरा जोशीको नयाँ ‘रेलीमाइ’ गीत सार्वजनिक गरिएकाे छ । उक्त गीतमा गायिका जोशीले युवा गायक आर्जन पाण्डेसँग युगल गायन गरेकी छिन् ।

 प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजक भने रिकेश गुरुङ हुन् । गीतकाे भिडियाेमा गायिका जोशी तथा गायक पाण्डेले अभिनय गरेका छन् । भिडियोमा उनीहरूले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरूलाई आकर्षक शैलीमा चित्रण गरिएको छ ।

प्रविण सिंहले निर्देशन गरेको गीतमा हरि हुमागाईंले छायांकन गरिएका छन् । भिडियोको सम्पादन निशान घिमिरेले म्युजिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV