२३ जेष्ठ २०७५, बुधबार
  • बिनय तिम्सीना,

इलाम । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत चुहावट घटउन सफल भएको छ । इलाममा गत आर्थिक बर्षको अन्त्यमा २४.९७ प्रतिशत विद्युत चुहावट हुने गरेकोमा चालु आर्थिक वर्षको बैशाख सम्म आउँदा विद्युत चुहावट १७.४८ प्रतिशत मा झरेको छ । बैशाख महिनामा मात्र हेर्ने हो भने १५.५६ प्रतिशत मात्र विद्युत चुहावट भएको छ । आर्थिक वर्ष २०७२÷०७३ को अन्त्यमा इलाममा २८.०६ प्रतिशत विद्युत चुहावट थियो ।  

इलाममा विद्युत चुहावट रोक्नको लागि विभिन्न कार्यहरु गर्दै आएको नेपाल विद्युत प्रधिकारण इलाम वितरण केन्द्रका प्रमुख रवीन बाबु घिमिरेले बताए । अहिले सम्म इलाममा विद्युत कहिकतै चोरी हुने गरेको कतै रुखहरु विद्युत तारमा लागेर पनि विद्युत चुहावट हुने गरेको उनी बताउँछन् । खास गरी विद्युत प्राविधिक र अप्राविधिक गरी दुई तरिकाले चुहावट हुने गर्दछ ।

प्रविधिक कारण भन्नले कसैले विद्युत चोरी नगरिकन चुहावट हुनु हो जस्तै तराको दुरी लामो हुनु, फ्रेजको व्यालेन्स नमिल्नु, ट्रान्सफरमरमा लोड नमिल्नु, ट्रान्सफरमरमा अर्थिङ राम्रो सँग नहुनु आदी कारणहरु पर्ने गर्दछन् । अर्को मुख्य कारण भनेको विद्युत चोरी हो ।

इलाममा पनि विभिन्न तरिकाले विद्युत चोरी हुने गरेको पाईएको घिमिरे बताउछन् । इलाममा मुख्य त हुक गरेर र मिटर वाईपास गरेर विद्युत चोरी गर्ने गरेको उनको भनाई छ । अहिले सम्म विद्युत प्रधिकरणले इलामको लक्ष्मीपुर, शान्तिपुर गोदक, भालुखोप, मेचीबजार, इरौटार, पुवामझुवा, साँखेजुङ, चमैताका विभिन्न ठाउँमा विद्युत चेरी गर्नेहरुलाई कारबाही गरिसकेको छ । यसरी विद्युत चोरी गर्नेमा विभिन्न सरकारी कार्यालयहरु पनि परेको प्रमुख घिमिरेको भनाई छ ।

त्यस्तै इलामको धेरै विद्युत चोरी चुलाचुली, महमाई, दानाबारी लगायतका ठाउँमा हुने गरेको छ । यी ठाउँहरुमा विद्युत प्रधिकरणले विषेश मिसन बनाएरनै छिट्टै नियन्त्रण गर्ने पनि घिमिरेले बताए ।

विद्युत प्रधिकरणले विद्युत चुहावट कम गर्नको लागि चोरी नियन्त्रणको साथै अन्य उपयहरु पनि अपनाएको छ । प्रधिकरणले नियमितरुपमा तारका वरपर भएका रुख, वाँसहरु हटाउने काम गर्दै अएको छ । चुहावट कम गर्नकै लागि इलामको फिक्कलमा रहेको सब स्टेशन अपग्रेड गरी सकेको छ । वितरणका प्यानलहरुलाई अपग्रेट पनि गरेको छ ।

जसको कारण फिक्कल सवस्टेसनबाट हुने लोडसेडिङ पनि अन्य भएको छ । अत्याधिक लोड भएको कन्याम फिडर अपग्रेड गर्ने कार्य सम्पन्न भईसकेको छ भने उक्त फिडरलाई टुक्र्याई छोट्याउने काम पनि गरिरहेको छ । लोड धेरै भएको ट्रान्स्फर्मरहरुमा फ्रेज थप गर्ने र फ्रेज व्यालेन्स गर्ने काम पनि गरेको छ ।

धिकरणले आफ्ना ग्राहकका जाम भएका मीटरहरु तत्काल परिवर्तन गर्ने काम पनि गरी रहेको छ । यसले गर्दा पनि विद्युत चुहावट कम हुने गरेको प्रमुख घिमिरेको भनाई छ । प्रधिकारणले अहिले इलाममा भएका जिर्ण पोलहरु पनि फेर्ने काम गरिरहेको छ । यस कामको लागि एउट स्पेशल टोली नै बनाएर विद्युत प्रधिकरण लागेको छ ।

इलामको अहिले अत्याधिक ट्रिप हुने (विद्युत लाईन वन्द भईरहने) साँखेजुङ र सोक्तिम फिडरलाई पनि आगामी वर्ष फिडर टुक्रियाएर २ वटा फिडर बनाएर समस्या सामाधान गरिने पनि उनले वताए । साँखेजुङ फिडरमा अहिले इलामको बरबोटे–राँके हुँदै रवि सम्म, नयँबजार हुदै जौवारी सम्म र सिंगै सन्दकपुर गाउँपालिका भएकोले विद्युत लाईनमा धेरै फल्ट भएर विद्युत अनियमित हुने गरेको र विद्युत चुहावट पनि धेर हुने गरेको उनको भानाई छ ।

प्रमुख घिमिरेले कही कतै चोरी भैरहेको जानकारी भएमा तत्काल विद्युत प्राधिकरणलाई जानकारी दिन ग्राहकबर्गमा अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV