२३ जेष्ठ २०७५, बुधबार

एजेन्सी। वैवाहिक जीवन पश्चात लामाे समय पछि बलिउड अभिनेत्री इशा देवल फेरी चलचित्रमा फर्किएकी छन् ।

एक सन्तानकी अामा बनेकी उनी वैवाहिक जीवनपछि चलचित्रबाट गुमनाम भएकी थिइन् । इशा नयाँ चलचित्र ‘केकवाक’ बाट चलचित्रमा पुन: नायिकाका रूपमा देखिँदैछिन् । पारिवारीक व्यवस्थापनका कारण विवाहपछि केहि समय चलचित्रबाट टाढा भएकाे इशाकाे भनाइ छ ।

छायांकन सकेर चलचित्रकाे पाेस्टर रिलिज भइसकेकाे छ । उनी पाेस्टरमा सेफकाे भूमिकामा देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV