२२ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । एक नेपाली चेली जो दलालको फन्दामा परेर सिरिया पुगिन् । दुबई लान्छु भन्दै दलालले सिरिया पु¥याएपछि साहुले बन्दक जस्तै बनाए र दिनुहुँ याताता दिन थालेपछि पिडा खप्न नसकेपछि आफ्नो पिडा भिडियो मार्फत सार्वजनिक गरिन् । जुन वेदनाले भरिएको भिडियो हामीले अघिल्लो कार्यक्रममा प्रसारण ग¥यौं ।

उनको त्यस भिडियो प्रशारण गरेसंगै उनको परिवार हाम्रो प्रदेश नम्बर १ स्थित ब्युरोको सम्पर्कका आएका छन् । उनी धनकुटा जिल्लाको मुर्तिढुगां गाविस हालको महालक्ष्मि नगर पालिका ९ की कल्पना दर्जी रहिछन् । आर्थिक अवस्था कमजोर २९ वर्षिया कल्पना धरान १६ स्थित सीता अधिकारी थापाको घरमा काम गर्न बस्दै आएकी थिइन् । तर विगत १ बर्ष देखि परिवारको सम्पर्कमा समेत नरहेको उनी सिरिया अलपत्र भएको सार्वजनिक भएपछि मात्र उनका वुवा लाल बहादुर दर्जीेले थाहा पाए ।

अहिले उनका ६४ वर्षिय वृद्ध वुवा आफ्नी छोरीलाई सकुशल नेपाल फर्काइदिन आग्रह गर्दै भौतारिरहेका छन् । आफ्नी छोरीलाई नेपाल फर्काइदिन आग्रह गरिरहेका छन् । यो भन्दा अगाडि पनि कुवेत बसेर आएको र पुन धरानमै सिता थापा अधिकारीको घरमानै बस्तै आएकी आफ्नी दिदि सिरिया पुगेको उनको भिडियो आएपछि मात्र थाहा पाएको उनका दाजु दुर्गवहादुर दर्जी बताउँछन् ।

२०७३ सालमा भदौ १३ गते धनकुटा जिल्ला प्रशासन कार्यलयमा पुगेर नागररिकताको प्रतिलिपि निकालेर कल्पना विदेश गएको भए पनि जसको घरमा वसेको सीता थापा उसले आफुहरुलाई खवर समेत नगरेको उनको भनाई छ । बहिनीको भिडियो सार्वजनिक भएपछि आफु सीता थापा अधिकारीको घरमा गएको भए पनि कल्पना आफै गएको भन्दै सीताले आफुलाई थाहा नभएको बताएको दुर्गाबहादुर बताउछन् ।

कल्पनालाई धरानबाट पुर्वीे नाका काँकरभिट्टा हुदै भारतको राजधानी दिल्लीहुदै सिरिया पु¥याइएको हो । सामान्य आर्थिक अवस्था भएको उनको परिवार उनका दाजु सुनसरीको दुहवीमा मजदुरी गर्छन भने वृद्ध बुबा गाउँमै कपडा सिलाउने काम गर्छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV