२२ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । असार २९ गते दर्शकमाझ रिलिजमा आउने तयारीमा रहेको फिल्म ‘यो पागल मन’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्बजनिक गरिएको हो ।

कल्याण अधिकारी निर्देशित यो फिल्मलाई बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । लब स्टोरी जनरामा बनेको यो फिल्ममा बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवर लगाएतको अभिनय रहेको छ ।

अर्जुन पोखरेलको संगीत रहेको फिल्मलार्इ शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमको सम्पादन रहेको फिल्ममा भोमन कटुवालको मुख्य सहायक निर्देशन रहेको छ ।

कमल रार्इको कोरियोग्राफी रहेको फिल्ममा द्वन्द निर्देशन राजु किरांतको रहेको छ, भने सामिप्य राज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV