२२ जेष्ठ २०७५, मंगलवार
  • रीया भण्डारी,

काठमाडौं । करिब ३० लाख नेपालीमा बाथ रोगको समस्या छ । जसमध्ये महिलातर्फ गठिया बाथरोगीको संख्या उच्च छ । तर, बिशेषज्ञको अभाबका कारण धेरै रोगी उपचारको पहँुच बाहिर छन् ।

सयभन्दा बढी प्रकारका बाथ रोगमध्ये गठिया बाथबाट नेपालमा धेरै महिला पीडित रहेको अध्यनले देखाएको छ । नेशनल बाथरोग सेन्टरको ओपीडीमा एक बर्षमा आएका बिरामीको तथ्यांक हेर्दा कुलमध्ये ६० प्रतिशतभन्दा बढी गठिया बाथ रोगले ग्रसित देखिएको हो । २० देखि ५० वर्षका महिलामा बढी हुने गठिया बाथले मुख्यतः हात तथा खुट्टाका साना जोर्नीमा असर गर्छ । सबैखाले बाथ रोगको उपचार नेपालमै संभव भए पनि बिशेषज्ञको भने अभाव छ ।

२०७० सालमा स्थापना भएको नेसनल बाथरोग सेन्टरले हाल सम्म ७५ हजार बिरामीको उपचार गरेको छ । सेन्टरका अनुसार अहिलेसम्म १५ प्रतिशत रोगी मात्रै उपचारको पहुँचमा आएका छन् ।

विज्ञका अनुसार हातका औला, गोलीगाँठो र पिडौंला दुख्नु र करकर खानु, बिहान उठ्ने बेलामा हात–खुट्टामा अप्ठेरो हुनु, मांसपेसी कमजोर हुनु, चिसोमा काम गर्दा हातखुट्टा निलो हुनु तथा राती र विहान ढाड दुख्नु बाथ रोगका लक्षण हुन । समयमै उपचार गराए यो रोग निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV