२२ जेष्ठ २०७५, मंगलवार
  • ज्योति पन्थी

बर्दिया । बर्दियाका दलित जनप्रतिनिधिले आफूहरु माथिको विभेद जारी रहेको गुनासो गरेका छन् ।

गुलरियामा आयोजित सार्वजनिक संवाद कार्यक्रममा दलित जनप्रतिनिधिले सार्वजनिक कार्यक्रममा सहभागि नभए हुन्थ्यो भन्ने मानसिकता अझै रहेको बताएका हुन् । मुलुकलाई छुवाछुत मुक्त घोषणा गरिएको १२ बर्ष बितेपनि टोल–छिमेकमा हुने पूजा–आजा र भोज–भतेर तथा अन्य सामुहिक काममा दलितलाई भेदभाव गर्नेक्रम उस्तै रहेको उनीहरुको भनाइ थियो ।

जनप्रतिनिधिले कानूनले दण्डनीय माने पनि अशिक्षा र गरिविका कारण जातीय भेदभाव अन्त्य हुन नसकेको भन्दै सामाजिक जागरणलाई बढवा दिनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV