२२ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । विदेश गएका युवाहरुको कथामा नयाँ लोक गीत सार्वजनिक भएको छ । गायक रवीन लामिछाने र सुर्य खड्काको अवाजमा सजिएको ‘न आउ मेरो भाई’ लोक गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक यो गीतले विदेश पुगेका नेपाली युवाहरुले भोगिरेहका विभिन्न प्रकारका दुःखहरुलाई प्रस्तुत गरेको छ । नवराज पन्तको शब्दमा रवीन लामिछानेले संगीत भरेका छन् ।

गीतको भिडियोमा अभिनेता सरोज खनाल र महेन्द्र गौतमको फिचरीङ रहेको छ । गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेलेको छायाङ्कनमा भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV