२२ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । कला क्षेत्रमा सक्रिय रहँदै आएका कलाकर्मी सामाजिक काममा पनि सक्रिय रहँदै आएका हामीले देख्दै आएका छौं । सामाजिक कामको साथै मोडलिङमा पनि सक्रिय रहँदै आएकी कलाकर्मी हुन् रीमा केसी । रीमा केसी मुलतः सामाजिक अभियन्ता हुन् । यसको साथै उनको रुची मोड्लिङ्गमा पनि छ । भर्खरै रिलिज भएको गायिका ऋतु कँडेलको गित ‘ऋतुको फुल’मा केसीलाई देख्न सकिन्छ।

यसको साथै बि.के. श्रेष्ठको ‘सम्बन्ध हाम्रो’ र यम बरालको ‘तिम्रो मुस्कान देखेर’मा पनि उनको मोड्लिङ्ग देख्न सकिन्छ। विगत लामो समय देखि अमेरीका बस्दै आएकी केसीको अर्को पाटो समाजसेवा पनि हो ।

नेपालमा गएको विनाशकारी भूकम्पपछि मिसन रिबिल्ड नेपालले सिन्धुपलान्चोकमा गरेको पुनर्निर्माणमा अमेरिकी नागरिक केथ डिपोलले गरेको करिब दुर्इ लाख पचास हजार डलर को सहयोगको व्यवस्थापनको श्रेय केसीलाई जान्छ । यसै गरी सही सुचनाको अभावमा अलपत्र परेका नेपाली दाजु भार्इ दिदि बहिनीहरुलाई विभिन्न प्रकारको सहयोग गर्नु पनि उनको नियमित काम मै पर्छ।

नेपाल अमेरीका फिल्म सोसाईटीले आयोजना गरेको अमेरीकाको बाल्टिमोरमा हालै सम्पन्न ‘नेपाल अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सव’ को व्यवस्थापनको प्रमुख जिम्मेवारी पनि केसी ले नै लिएकी थिइन् । त्यस्तै आफ्नो कामबाट समय निकालेर सामाजिक कार्यको लागि अर्थ संकलन गर्न विभिन्न फेशन शो हरुमा पनि मोडल केसी लाई देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV