२२ जेष्ठ २०७५, मंगलवार

काठमाडौं । नेपाली जनमानसमा क्यान्सर रोगले जरो गाड्दै आएको तथ्यलाई महसुस गर्दै खोलिएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको राष्ट्रपतिबाट उद्घाटन भएको आज एक वर्ष पुगेको छ । क्यान्सर बिरामीहरुलाई अन्तराष्ट्रिय उपचारात्मक सेवा दिने र क्यान्सरका चुनौतिहरु सँग सामना गर्ने उद्देश्यले मुलत यस नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना भएको हो । ललितपुरको हरिसिद्धमा रहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर निजी क्षेत्रबाट सञ्चालित पहिलो क्यान्सरमुखी सेवाग्राही अस्पताल हो ।

नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले अन्तरास्ट्रिय मापदण्ड अनुरुप एउटै छानामुनि नेपाली जनताको आर्थिक पहुँचभित्र रही गुणस्तरीय क्यान्सर उपचार सेवा दिईरहेको छ । आज भन्दा एक वर्ष अगाडी भारतको नयाँ दिल्लीस्थित राजिव गान्धि क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा यस अस्पतालको स्थापना भएको थियो । “क्यान्सरको उपचार नेपालमा नै“ भन्ने मूल नारा लिई यो वर्षको कार्यक्रमहरु संचालन गर्दै आएको छ । क्यान्सर उपचारका लागि विदेश जाँदा हुने सामाजिक, आर्थिक र भौतिक नोक्सानीलाई निर्मूल पार्ने उद्देश्य ले यस हस्पिटलले आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको अवगत गराइएको छ ।

यस अस्पतालले आफ्नो कार्यक्षमता अभिवृद्धि गर्ने हेतुले अत्याधुनिक प्रबिधिहरु भित्र्याईरहेको र बिरामीलाई सुबिस्ता हुनेगरी ति सेवाहरुको प्रभावकारी र योजनबद्ध ढंगले व्यवस्थापन र संचालन गर्दै आएको छ । हाल यस अस्पतालमा उपलब्ध उपचारात्मक सेवाहरुलाई मुख्यत तीन विभागमा समेट्न सकिन्छ । मेडिकल अन्कोलोजी अन्तर्गत नेपाल क्यान्सर अस्पतालमा अस्ट्रेलियन दिशानिर्देशनको केमोथेरापी र OSHA guidelines मा आधारित सुरक्षित केमोथेरापी तैयारी सेवा प्राप्त हुनु दुई मुख्य विशेषता हुन् । यसैगरी सर्जिकल अन्कोलोजी अन्तर्गतHead and Neck Surgery, Thoracic Surgery, Hepatobiliary Surgery, Gastro-Intestinal Surgery, Breast Surgery, Soft Tissue and Bone Tumor Surgery, neuro Surgery, Uro Oncology Surgery, Gynae Oncology Surgery, Plastic Surgery आदिको व्यवस्था भएको जानकारी गराइएको छ । सर्जरी डिपार्टमेन्ट अन्तर्गत नेपालमै भर्खर सुरु भएको अन्कोप्लास्टिक ब्रेस्ट सर्जरी पनि यस अस्पतालको एक प्रमुख बिशेषतामा पर्दछ ।

स्तन क्यान्सरको शल्यक्रिया गर्दा पुरै स्तन फाल्नुको सट्टा उक्त स्तनलाई बचाउनु नै अन्कोप्लास्टिक ब्रेस्ट सर्जरीको मुख्य उद्देश्य हो । यसैगरी सर्जिकल र प्याथोलोजीको संगममा रहेको फ्रोजन सेक्सन सेवा पनि नेपाल क्यान्सर अस्पताल ले दिंदै आएको प्रेस विज्ञाप्ती मार्फत जानकारी गराइएको छ । क्यान्सरको शल्यक्रियाको क्रममा पुरै ट्युमर निकालियो कि निकालिएन भन्ने तुरुन्त जांच गर्न मिल्ने फ्रोजन सेक्सन प्रक्रियाले यस अस्पतालमा हुने शल्यक्रियाहरुको गुणस्तर बढाएको छ ।

यसै गरि रेडिएशन अन्कोलोजी अन्तर्गत यस अस्पतालमा ब्राकी थेरापी र एक्सटर्नल बिम रेडियोथेरापी सेवाहरु उपलब्ध छ । रेडियोथेरापी अन्तर्गत उपलब्ध एक्स्टर्नल बिम रेडियोथेरापीमा संसारकै उत्कृस्ट लिन्याक मेशिन ‘भेरियन ट्रु बिम टु’ यस अस्पतालमा उपलब्ध भएको जानकारी पनि गराइएको छ ।

क्यान्सर आफैंमा एक चुनौतिपूर्ण रोग हो तर यसको पहिचान समयमै हुन सक्यो भने यसलाई सम्पूर्ण रुपमा निको पार्न सकिन्छ भन्दै यस अस्पतालमा क्यान्सर रोग पत्ता लगाउने विभिन्न प्रबिधिहरु रहेका छन् । यस अस्पतालको रेडियो डाएगनोस्टिक तथा इन्टरवेन्शनल रेडियोलोजी बिभाग मा बिरामीहरुले सि टि स्क्यान, डिजिटल एक्स रे, डिजिटल म्यामोग्राफी लगायतका सुविधाहरुको फाइदा उठाउन सक्नेछन् ।

क्यान्सर पत्ता लगाउनका लागि अत्यन्त सहयोगी मानिने एभ्त् क्ऋब्ल् मेशिन पनि छिट्टै नै अस्पतालमा ल्याउने तैयारी भैरहेको जानकारी पनि गराइएको छ । यसैगरी प्रयोगशाला जांचहरु अन्तर्गत अन्कोप्याथोलोजी सम्बन्धित सम्पूर्ण जांचहरु यस अस्पताल र साझेदार प्रयोगशालाहरुबाट हुने गर्दछ ।

क्यान्सर रोग लागिसकेपछि बिरामीहरुमा एक किसिमको मानसिक ह्रास आउने समस्यालाई मध्यनजर गर्दै यस अस्पतालले विभिन्न सकारात्मक कार्यक्रम हरु पनि अबलम्बन गरेको छ । क्यान्सर सरभाइभरशिप क्लिनिकका नाममा संचालन गरिएको उक्त पहलमा क्यान्सरबाट मुक्त भएका बिरामीहरुले क्यान्सर संग लडिरहेका बिरामीहरुलाई हौसला तथा प्रेरणा प्रदान गर्ने गर्छन् ।

साथै अस्पतालमा क्यान्सर बिरामीको मानसिक स्वास्थ्यको अवस्थालाई सदैव प्राथमिकता मा राख्दै बिशेष साइको अन्कोलोजी क्लिनिकको पनि व्यवस्था गरिएको छ । यस क्लिनिकमा एक्स्पर्ट साईको अन्कोलोजी डाक्टर तथा साईकोलोजि नर्सबाट क्यान्सर बिरामी तथा बिरामीका परिवारलाई हुने मानसिक समस्याको हलका लागि विभिन्न साईको थेरापी पद्धति तथा औषधिबाट उपचार गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV