२२ जेष्ठ २०७५, मंगलवार
  • दिपक पराजुली

हेटौडा। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ बनेको पार्टी  नेकपामा गुट नहुने बताउनु भएको छ।

साेमबार प्रदेश नं ३ को प्रदेश सभालाइ सम्बोधन गर्न हेटौडा आउनु भएको अवसरमा नेकपा मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताउनु भएको हो। प्रधानमन्त्रीले धेरै मेहनतका साथ  दुइ धारलाइ मिलाएर एक महान र गौरबशाली पार्टी बनेकोले सबै कार्यकर्ता मौरीजस्तो एक हुनु पर्ने बताउनु भयो ।

अबको यात्रा शान्ति र समृद्दीको भन्दै प्रधानमन्त्रीले पृथकताबादी हाबी हुन् खोजे वार्ताद्वारा समाधान खोजि शान्ति प्रक्रियामा ल्याइने नभए कारबाही समेत गरिने बताउनु भयो। उक्त कार्यक्रममा प्रधानमन्त्रीले ५ बर्ष भित्रमा काठमाडौँ देखि रक्सौल सम्म बिधुतिय रेलमार्ग निर्माण सम्पन्न गरि संचालन गर्ने बताउनु भयो । नेपाल अब नयाँ प्रबिधि तर्फ अगाडी बढिसकेको बताउदै प्रधानमन्त्री ओलीले १ बर्षमा डीपीआर तयार भर्इ ५ बर्षमा बिधुतिय रेल संचालनमा आउने बताउनु भयो। पहिला रेलमार्गको कुरा गर्दा हावादारी भन्ने र काम हुने देखेपछि रेल आवश्यक छैन भन्ने प्रवृति गलत भएको भन्दै रेल बन्दैन भन्नेहरुको लागि  फ्री मा रेल चढने व्यवस्था मिलाउने भनि कटाक्ष  पनि गर्नु भयो।

प्रधानमन्त्री ओलीलाई थानकोट देखि चित्लाङ्गसम्म सुरुङ्गमार्ग निर्माणको लागि बजेट बिनियोजन गरे बापत हर्षका साथ सम्पूर्ण थाहा नगरबासीको तर्फबाट नगरप्रमुख लबशेर बिस्टले मायाको चिनो प्रदान गर्नु भएको थियो। तत्कालिन नेकपा एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देलले संचालन गर्नु भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य कुमारी मोक्तानले स्वागत मन्तब्य राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV