२१ जेष्ठ २०७५, सोमबार

काठमाडौं । औषधि बिक्रि वितरण फर्मासिष्ट बाटै हुनु पर्ने कानुन भए पनि अझै पनि कतिपय सरकारी औषधि पसलमै फर्मासिष्ट बिना औषधि बिक्रि भैरहेको छ । मानव स्वास्थ्यसंग जोडिएको औषधि जस्तो सवेदनशील बस्तु प्राथमिक स्वास्थ्य केन्द्रबाट समेत फर्मासिष्टबाटै वितरण हुनुपर्ने भन्दै फर्मासिष्टहरुले नयाँ औषधि नीतिमा जहाँ औषधि त्यहाँ फर्मासिष्ट भन्ने नारा अघि सारेका छन् ।

नियमतः हरेक मेडिकल तथा औषधि पसलमा औषधि विक्री वितरणका लागि फर्मासिष्टको व्यवस्था हुनुपर्दछ र बिरामीको जाँचपछि डाक्टरको सिफारिसमा योग्यता पुगको व्यक्ति फर्मासिष्टले बिरामीलाई औषधि दिनुुपर्ने हुन्छ । तर अधिकांश जिल्लाका औषधि पसलमा फर्मासिष्ट बिना नै औषधि विक्री वितरण हुने गरेको छ । राष्ट्रिय फार्मेसी संघ नेपालले राजधानीमा आयोजना गरेको गुणस्तर स्वास्थ्य उपचारको निम्ति नयाँ राष्ट्रिय औषधि नीतिको आवश्यकता नामक कार्यक्रममा फमासिष्टहरुले सरकारले सबै औषधि बिक्रि वितरण हुने ठाउँमा फर्मासिष्ट राख्नुपर्ने भन्दै जहाँ औषधि त्यहाँ फर्मासिष्टको नारा अघि सारेका छन् ।

औषधि उत्पादक संघले सरकारले नेपालमै गुणस्तरीय औषधि उत्पादनका लागि स्वदेशी औषधि उद्योगलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता बजेट भाषण मै समावेश हुनु सकारात्मक भएको बताएको छ । नेपाली औषधिहरुको गुणस्तरमा कुनै शंका गर्नु नपर्ने भन्दै औषधि बिक्रेताहरूले औषधि भण्डारण र तापक्रममा ध्यान दिनु पर्ने बताउनुभयो ।

औषधि ब्यबस्था बिभाग,औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ उपभोक्ता हित संरक्षण मंच र बिमा बोर्डको लगायतको सहभागिता रहेको गोष्ठीमा नयाँ राष्ट्रिय औषधि नीतिमा सरकारले सर्बसुलभ मुल्यमा गुणस्तरीय औषधि फर्मासिष्टबाटै जनता सम्म पु¥याउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV