२१ जेष्ठ २०७५, सोमबार
  • भगतराम थारु

बाँके  ।  आन्तरिक उडानमा अग्रणी मानिएको बुद्ध एयरले नेपालगन्जदेखि भारतको राजधानी नयाँदिल्लीका लागि उडान सञ्चालन गर्ने भएको छ ।

नेपालगन्जको हवाई उडान सम्बन्धमा नेपालगन्ज उपमहानगरपालिका, नेपालगन्ज उद्योग वाणिन्ज संघ र होटल व्यवसायी संघ बाँकेले आयोजना गरेको सर्वपक्षीय बैठकमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले कम्तिमा अबको ६ देखि नौ महिनाभित्र बुद्धले नेपालगन्जदेखि दिल्ली सीधा उडान भर्ने दाबी गर्नुभयो । उहाँका अनुसार बुद्ध एअरले विहान, दिउँसो र बेलुका गरि दैनिक ३ उडान भर्नेछ ।

निर्णयले पश्चिम क्षेत्रका विकासमा निकै ठूलो भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । बुद्धको यस निर्णयको नेपालगञ्जका उद्योगी व्यवसायीले पनि स्वागत गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशमशेर राणाले नेपालगन्ज दिल्ली उडानले मध्य र सुदुर पश्चिमका नागरिकको भविष्य चम्कने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनौडियाले नेपालगन्ज दिल्ली हवाई सेवा जोडिन सके शिक्षा र उपचारका लागि पनि भारत जान आउन सजिलो हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV